• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    क्यासिनोले २५ लाख बैंक धरौटी राख्नुपर्ने

    1.3K
    SHARES



    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र-२०७८ संशोधन गरेको छ ।

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम इजाजतपत्र प्राप्त गरी विदेशी विनियमको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थालाई इजाजतपत्र प्रदान गर्ने एवम् निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले विदेशी विनिमयहरू ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी विनियमावली संशोधन गरेको हो ।

    संशोधित व्यवस्था बमोजिम इजाजतपत्र प्राप्त गर्ने बैंक तथा वित्तीय तथा अन्य कम्पनीहरूले बुझाउनुपर्ने शुल्क तथा बैंक धरौटीको व्यवस्था गरिएको छ । विदेशी विनिमय कारोबार गर्ने वाणिज्य बैंकहरुले एकमुष्ट ५ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने छ भने राष्ट्रिय स्तरका विकास बैंकहरुले एकमुष्ट एक लाख रुपैयाँ र प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरूले एकमुष्ट बीस हजार रुपैयाँ बुझाउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

    बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको इजाजतपत्रको आधारमा आफ्ना शाखा तथा एक्सटेन्सन काउन्टरहरूबाट विदेशी विनिमयको कारोबार गर्न सक्नेछन् ।

    उपविनियम (५) बमोजिम तोकिएका शाखा तथा एक्सटेन्सन काउन्टरको अद्यावधिक विवरण सम्बन्धित संस्थाले विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र सम्बन्धित प्रदेशस्थित कार्यलयसमक्ष पेश गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ