• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रुसी सेनामा भर्ती भएका २२ वर्षीय सिद्धार्थ पनि युक्रेनमा बन्दी

    820
    SHARES



    काठमाण्डौ । रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी अवस्थामा रहेको खुलेको छ ।

    रुसी सेनाको तर्फबाट युक्रेनविरुद्ध लड्न गएका काभ्रे मन्डनदेउपुरका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको हो ।

    युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई मङ्सिर १७ गते नियन्त्रणमा लिइएको हो । योसँगै युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको सङ्ख्या २ पुगेको छ ।

    यसअघि अर्का नेपाली विवेक खत्री युक्रेनमा बन्दी अवस्थामा रहेको र नेपाल फिर्ता गर्न कुटनीतिक पहल भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

    ढकालको विषयमा भने मन्त्रालयले केही बोलेको छैन । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि भैसकेको छ ।

    नेपालले रूस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन र मृतकका परिवारलाई राहत दिन रूस सरकारसँग माग गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ