• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पुसदेखि मुर्रा राँगाको वीर्य संकलन गरिने

    2.2K
    SHARES



    काठमाडौं। भारतबाट ल्याइएका मुर्रा राँगाको वीर्य संकलन आगामी पुसदेखि गरिने भएको छ । पशु चौपायामा नस्ल सुधारका लागि ल्याइएका मुर्रा राँगाको पुसबाट मात्रै वीर्य संकलन गरिने निर्णय भएको हो ।

    पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख तथा पशु विकास अधिकृत डा.जगदीश पाण्डेयले बाहिरबाट ल्याइएका पशु चौपायालाई कम्तीमा २१ दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्ने भएकाले पुसबाट मात्रै विर्य संकलन गरिने जानकारी दिए ।

    पशु चौपायाबाट वीर्य संकलन गर्नका लागि करिब साढे २ वर्षको उमेरको हुनुपर्ने उनले बताए । भारतबाट ल्याइएका मुर्रा राँगाको उमेर २४ महिनादेखि २८ महिना उमेरका छन् । ‘सबै राँगामा साढे दुई वर्षकै उमेर हुनु पर्छ भन्ने छैन,’ उनले भने, ‘कुनै-कुनै बाठा हुन्छन् ।’

    उनका अनुसार एक पटकमा, एक मुर्रा राँगाबाट २ सय ५० डोज वीर्य संकलन गरिने छ । सातामा २ पटक वीर्य संकलन गरिने छ । १ डोज वीर्य बापत सरकारलाई २५ रुपैयाँ राजस्व बुझाउनु पर्ने उनले बताए । किसानले सरकारी केन्द्रमा नै गएर चौपायालाई कृत्रिम गर्भाधान गराउँदा २५ रुपैयाँ राजस्व तिर्नु पर्ने छ ।

    उनका अनुसार साढे १९ सय कृत्रिम गर्भाधान गराउने सक्रिय संघ संस्थाहरु छन् । उनीहरूले किसानको घरमै गई कृत्रिम गर्भाधान गराउँदा कति रुपैयाँ पर्ने भन्न नसकिने उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ