• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पौड्यालको अवकाशपछि परराष्ट्र निमित्त सचिवको जिम्मेवारी लम्साललाई

    1.2K
    SHARES



    काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले अवकाश लिएका छन् ।

    पौड्यालले नियमित अवकाश लिएसँगै मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्साललाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको छ ।

    पौड्याल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भई संसदीय सुनुवाइ समितिबाट समेत अनुमोदन भइसकेका छन् । सम्बन्धित मुलुकबाट उनको एग्रिमो आएपछि राष्ट्रपतिले उनलाई राजदूत नियुक्त गर्नेछन् ।

    कायममुकायम सचिवको जिम्मेवारी पाएकी सहसचिव लम्साल अब सचिवको जिम्मेवारीमा जाने सम्भावना छ । त्यसका लागि लोक सेवा आयोगले केही दिनभित्रमा सचिव नियुक्ति प्रक्रिया पूरा गर्ने र त्यसपछि मन्त्रिपरिषद्ले नियुक्त गर्ने छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ