• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

    1.4K
    SHARES



    काठमाडौँ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । एनसेल खरिद विक्रीमा भएको अनियमितताबारे बैठकमा छलफल हुने भएको छ ।

    बैठकमा दलका शीर्ष नेताका साथै अर्थमन्त्री प्रकाश शरण महत, सन्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङ लगायत विभिन्न विभागीय कर्मचारीहरुको सहभागिता रहेको छ ।

    प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना भएको समाचार प्रकाशितप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै आएका छन् ।

    प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएको स्वकीय सचिव रमेश मल्लले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया