• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रतिवादीहरूको बयान लिदै सुन तस्करी जाँचबुझ आयोग

    1.2K
    SHARES



    काठमाडौँ । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले तस्करीमा संलग्नहरूको बयान लिन थालेको छ ।

    सिंहदरबारस्थित आयोगको कार्यालयमा ६० किलो सुन तस्करीमा संलग्न प्रतिवादीहरूसँग बयान लिन सुरु गरिएको हो । आयोगका पदाधिकारीहरूले अहिलेसम्म तस्करीमा संलग्न १० जनाको बयान लिएका छन् ।

    मुद्दा पुर्पक्षका लागी केन्द्रीय कारागारको थुनामा रहेकाहरूलाई आयोगका पदाधिकारीहरूले बोलाएर बयान लिएका हुन् । केन्द्रीय कारागारमा कार्यरत एक जना अधिकृतका अनुसार सोमबार सम्म १० जनालाई आयोगले बोलाएको छ ।

    आयोगले मंगलबार राहुल महरासँग बयान लिँदै छ । बयानका लागी राहुललाई उपस्थित गराउन आयोगले केन्द्रीय कारागारमा पत्राचार गरेको हो ।

    भेपमा लुकाएर सुन तस्करी गरेको घटनामा संलग्न प्रतिवादी राहुल अहिले पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन् । जिल्ला अदालत काठमाडौँले असोज २६ मा राहुललाई थुनामा पठाउन आदेश गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ