• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भूकम्प पीडितलाई छिटो छानामुनि ल्याउन मन्त्री शर्माको निर्देशन

    1.1K
    SHARES



    काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प पीडितका लागि अस्थायी आवास छिटो निर्माण गरिसक्न निर्देशन दिएकी छन् ।

    भूकम्प प्रभावित क्षेत्रका लागि राहतसहित रुकुम पश्चिम पुगेकी शर्माले भूकम्प पीडितलाई चिसोले थप जोखिम बढाएकाले छिटो अस्थायी आवास निर्माण गरी पीडितलाई छानामुनि बसाल्न जिल्लामा रहेका विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएकी हुन् ।

    जिल्लामा रहेका विपद् व्यवस्थापनको समूहले त्यहीअनुसार जनशक्तिलाई प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो परिचालन गर्न उनले आग्रह गरिन्  । मन्त्रिपरिषद्ले यसअघि नै प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मीको समूह परिचालन गर्ने निर्णय गरिसकेको छ ।

    भूकम्प प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न सरकारका तर्फबाट प्राप्त हुने पत्रलाई पर्खिरहन नपर्ने उल्लेख गर्दै मन्त्री शर्माले नेपाल सरकाबाट प्राप्त हुने पत्र आउँदै गर्छ, भूकम्प प्रभावित क्षेत्रमा काम गर्न पत्रलाई पर्खिरहन आवश्यक नरहेको पनि उनको भनाइ छ ।

    मन्त्रि सर्माले भनिन्-‘प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सरकारका तर्फबाट प्रक्रिया हुँदै गर्छ, जनशक्ति परिचालन गरेर काम गर्दा केही बिग्रिँदैन, बरु जतिसक्दो छिटो अस्थायी आवास निर्माणमा जोड दिनुहोस्, विपद्को समयममा सबैको हातेमालो आवश्यक पर्छ, सबैसँग सहकार्य गरेर काम अगाडि बढाउनुहोस्’, ।

    अस्थायी आवास निर्माणमा ढिलाइ भएको उल्लेख गर्दै मन्त्री शर्माले उद्धार र उपचारमा खटिएको जसरी अस्थायी आवास निर्माणमा पनि नतिजा देखाउन र चिसो बढ्दै गएकाले अस्थायाी आवास निर्माण ढिला नगर्न निर्देशन दिएकी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ