• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अहिले नै मन्त्रिमण्डल पुनर्गठनको सम्भावना छैन : प्रधानमन्त्री प्रचण्ड

    1.2K
    SHARES



    काठमाण्डाै। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।

    यूएईकाे दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) मा सहभागी भएर आज आइतवार स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनबारे गठबन्धनभित्र छलफल नै नभएको बताए । मन्त्रिमण्डल पुनर्गठन बाहिर हल्ला फिजाउनका लागि मात्रै भएको उनको भनाइ थियो ।

    उनले भने, ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ भन्ने कुरा धेरै भयाे । को मन्त्री हट्छ, को आउँछ भन्ने कुरा धेरै भयो । तर अहिले गठबन्धनभित्र कुनै त्यस्तो छलफल पनि छैन, कुरा पनि छैन, सोचिएको पनि छैन । म आफैँ प्रधानमन्त्री छु, मेरो दिमागमै छैन । त्यस कारण यो कुरा हल्लामात्रै हो, सत्यता छैन ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ