• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बाँकेमा १४ किलो लागुऔषधसहित श्रीमान्श्री-मती पक्राउ

    2.6K
    SHARES



    बाँके। बाँकेको कोहलपुरबाट साढे १२ किलोभन्दा धेरै चरेस र २ किलोभन्दा धेरै अफिमसहित दम्पती पक्राउ परेका छन् ।

    लागुऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर-८ पिपिरीबाट ४० वर्षका रेवन्त राना र उनकी श्रीमती ३३ वर्षकी कविता थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी गराएका छन् ।

    उनीहरूको साथबाट बा ५ प ८२१५ नम्बरको जीपसहित १२ किलो ७ सय चार ग्राम चरेस र २ किलो १ सय १६ ग्राम अफिम बरामद भएको डीएसपी डाँगीले बताए ।

    रेवन्त यसअघि पनि २०७१ चैत १९ गते बर्दियाबाट लागुऔषध कसुरमा पक्राउ परेका थिए । तत्कालीन समयमा रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर गरेको थियो ।

    साथै इलाका प्रहरी कार्यालय कोहलपुरले २०७३ साल असार ३ गते लागुऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका दम्पतीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ