• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    धरौटी बुझाए पनि छुटेनन् शरणार्थी प्रकरणका ३ आरोपी

    7.6K
    SHARES



    काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएका नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपी आइतबार रिहा भएनन् ।

    केन्द्रीय कारागारमा रहेका हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई गत शुक्रबार उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो ।

    अदालतको आदेश अनुसार महर्जनले १५ लाख, मियाँ र केसीले १०/१० लाख रुपैयाँ धरौटी पनि बुझाएका थिए । तर उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ ।

    केन्द्रीय कारागार स्रोतका अनुसार उनीहरुलाई अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएकाले आइतबार रिहा नभएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ