• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बजेट नहुँदा महाकाली पुल निर्माण ठप्प, बनेका संरचनासमेत जीर्ण हुँदै

    1.3K
    SHARES



    काठमाडौँ। महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण बजेट अभावका कारण काम रोकिएको छ । पुल निमार्णका लागि पर्याप्त बजेट नआउँदा चार महिनादेखि पुको निमार्ण कार्यो बन्द भएको हो ।

    निर्माण कम्पनीले गत आर्थिक वर्षकै २२ करोडभन्दा बढी रकम पाउन बाँकी रहेको छ । तर चालु आवमा पुल निर्माणका लागि १८ करोड मात्रै बजेट आएको र यसले गत वर्षकै भुक्तानी गर्न नपुग्ने भएपछि पुल निमार्ण बन्द भएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका सव-इञ्जिनियर दुर्गादत्त अवस्थीले बताए ।

    अवस्थीले भने “गतवर्ष पनि बजेट अभावकै कारण निर्माण व्यवसायीले भुक्तानी पाएका छैनन र चालु आवमा आएको बजेटले निर्माण व्यवसायीलाई तिर्न पुग्दैन ।”

    उनले बजेट थपका लागि विभाग र मन्त्रालयमा माग गरेको बताए । “बजेट आएन भने अहिले बनेका संरचनासमेत जीर्ण हुँदै जाने अवस्था आउँछ”, उनले भने, “निर्माण लम्बियो भने राज्यलाई आर्थिक भार पर्छ ।” पुल निर्माणको भौतिक प्रगति ९२ प्रतिशत भइसकेको छ ।

    तर पुलसँगै बन्ने अन्य संरचनाका लागि पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण व्यवसायीले काम गर्नसक्ने अवस्था नरहेको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ