• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश समाचार

    कुटपिटबाट कैलालीका २६ वर्षीय मोहनको मृत्यु, ७ जना पक्राउ

    2.8K
    SHARES



    कैलाली । कुटपिटबाट कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको छ ।

    कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले पक्राउ गरको छ ।

    पक्राउ पर्ने अन्यमा लम्कीचुहाकै विशाल भुल, गणेश भुल, सन्तोष परियार, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्की छन् ।

    लम्कीचुहा नगरपालिका-९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले मंगलबार राति कुटपिट गरेको प्रहरीकाे दाबी छ ।

    कुटपिटबाट गम्भीर घाइते भई अधिकारीलाई उपचारको लागि लालरत्न अस्पताल हुँदै टिकापुर अस्पताल कैलाली लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया