• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    टिकटक बन्द गरे-नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन प्राधिकरणको निर्देशन

    861
    SHARES



    काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

    यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म त्यसको जानकारी नआएकाले २४ घण्टा भित्र जानकारी दिन प्राधिकरणले निर्देशन दिएको हो ।

    नेपाल दूरसञ्चार प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर २४ घण्टा भित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए नभएको बारे जानकारी दिन र यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।

    टिकटक बन्द गराउन गएको कात्तिक २८ गते र मंसिर २ गते सार्वजनिक सूचना निकालिसकेकाले अबको २४ घण्टा भित्र जवाफ पेश गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

    गएको कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सदभाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै प्राधिकरणले तत्काल टिकटक बन्द गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।

    तर, त्यस पछि पनि केही सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ