• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बालेन, रवि र हर्क साङ्पाङ्लाई आन्दोलनमा आउन दुर्गा प्रसाईंको आग्रह

    1.6K
    SHARES



    काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले आफूले थालेको आन्दोलनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहलाई आग्रह गरेका छन् ।

    शुक्रवार अपराह्न आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले गोपी हमाल, भीम रावल लगायतलाई पनि आफूले थालेको अभियानमा आउन आग्रह गरेका हुन् ।

    उनले रवि लामिछानेलाई मिसन २०८४ छोडेर आजका लागि सडकमा आउन आग्रह गर्दै त्यो बेलासम्म देश खाली भइसक्ने दाबी गरे ।

    आज एमाले अध्यक्ष केपी ओलीले आफूलाई पक्राउ गराउनका लागि प्रधानमन्त्री प्रचण्डलाई चार पटक फोन गरेको आफूले सूचना पाएको पनि प्रसाईंले दावी गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ