• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाण्डौ उपत्यकाको जनजीवन सामान्य, सडकमा प्रहरीमात्रै

    1.3K
    SHARES



    काठमाण्डाै । काठमाण्डौ उपत्यकाको जनजीवन यतिबेला सामान्य रहेको छ ।

    सडकमा अघिल्ला दिनहरुमा जस्तै गाडी चलिरहेका छन् । बिहानै खुल्ने स्कुल, कलेजमा पढाइ भइरहेको छ ।

    काठमाण्डौ छिर्ने नाका र मुख्य सडकमा भने सुरक्षा जाँच भइरहेको छ । राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै सुरक्षा व्यवस्था कडा बनाइएको हो । दुवै पक्षको जुलुस १० बजेपछि शुरु गर्ने तयारी थियो ।

    जुलुस शुरु भइसकेपछि पनि गाडीको आवतजावत र दैनिक कामधन्दामा असर नपर्नेगरी आवश्यक व्यवस्था मिलाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

    प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयले यसअघि नै छुट्टाछुट्टै ठाउँ तोकिदिएको छ । यसअनुसार युवासङ्घले तीनकुनेमा र प्रसाईँ समूहले बल्खुमा प्रदर्शन गर्न लागेका छन् । दुवै समूहको प्रदर्शनलाई चक्रपथभित्र पस्न नदिने प्रशासनको योजना छ ।

    यस्तै, दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको पनि प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरिएको र उच्छृङ्खल गतिविधि गरेमा कानुनअनुसार कारबाही हुने उनले बताए ।

    आजको प्रदर्शनका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै शान्ति सुरक्षाको सबै व्यवस्था मिलाइएको पनि उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया