• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भोलि काठमाडौंका सडकमा निस्कनुअघि १०० वा १०३ मा फोन गर्न ट्राफिक प्रहरीको आग्रह

    5.3K
    SHARES



    काठमाडौं । ट्राफिक प्रहरीले भोलि अर्थात् बिहीबार सडकमा निस्कनुअघि फाेन गरेर वा एफएम सुनेर सडककाे अवस्थाबारे जानकारी लिन अनुराेध गरेकाे छ ।

    मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईकाे समूह तथा नेकपा एमाले निकट राष्टिय युवा संघकाे कार्यक्रमकाे कारण सडक प्रभावित हुने देखिएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना निकाल्दै यस्तो अनुरोध गरेको हो ।

    अत्यावश्यक कामका लागि मात्र सवारी साधन लिएर निस्कन तथा सडकमा निस्कनुपूर्व प्रहरीको इमर्जेन्सी नम्बरमा १०० वा १०३ मा कल गर्न तथा ट्राफिक एफएम ९५.५ मेगाहर्जबाट सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले अनुराेध गरेकाे छ ।

    “काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भोलि विभिन्न समूहद्वारा प्रदर्शन गर्ने भन्ने बुझिन आएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडककाे अवस्थाकाे जानकारी लिएर मात्र निस्किन अनुरोध छ,” ट्राफिक प्रहरीको सूचनामा उल्लेख छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ