• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    उर्लाबारी आगजनी- उपचारका क्रममा १ जनाको मृत्यु

    1.9K
    SHARES

    काठमाडौँ । लक्ष्मीपूजाको राती मोरङको उर्लाबारीमा भएको आगजनीमा परेर घाइते भएकामध्ये एक जनाको ज्यान गरेको छ ।

    घाइतेमध्ये १ जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा.शंकरमान राईले बताए ।

    २४ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर भएकाले आइसियुमा राखेर उपचार भइरहेको छ । बाँकीको प्लास्टिक सर्जरी वार्ड र जनरल वार्डमा उपचार भइरहेको छ ।

    गम्भीर घाइते भएका बिरामीका लागि विदेशबाट आएका डाक्टर र अस्पतालका विशेषज्ञ टोलीले उपचार गरिरहेको उनले बताए । अस्पतालले गम्भीर घाइतेको उपचारका लागि विदेशबाट ४ समूहमा विशेषज्ञ डाक्टरहरूलाई ल्याएर उपचार गरिरहेको उनको भनाइ छ । ‘ घाइतेको उपचारका लागि आइतबार विदेशबाट एक समूह आउनुभएको छ । एक सातापछि सो समूह फर्किन्छ । त्यसपछि विदेशी डाक्टरको अर्को समूह घाइतेको उपचारमा संलग्न हुन्छ । त्यसरी क्रमशः डिसेम्बरको दोस्रो हप्ताको अन्त्यसम्म विदेशबाट डाक्टरहरूको टिम ल्याइराख्छौँ ’ उनले भने ।

    जटिल अवस्थाका बिरामीलाई बचाउनका लागि विदेशबाट डाक्टरहरू ल्याउने क्रम जारी रहेको उनले बताए । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सो घटनामा परेर घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सो क्रममा उनले उपचार खर्च तिर्न नसक्नेहरूको उपचार खर्च राज्यले बेहोर्ने आश्वासन पनि दिएका छन् । उनले भने, ‘पैसा नभएका कारण कसैको पनि उपचार रोकिनुहुँदैन । पैसा तिर्न नसक्नेहरूका लागि सरकार छ । सरकारले त्यो कर्तव्य पुरा गर्छ ।’

    उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतबार राति आगलागी हुँदा ४ प्रहरीसहित २८ जना जलेर घाइते भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ