• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि राष्ट्रपति पौडेलको आह्वान

    1K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा विशेष शतर्कता अपनाउनु जरुरी रहेको बताएका छन् ।

    आजदेखि काठमाण्डौमा शुरु भएको एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ देशका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्काको ४६ औँ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा उनले कुनै पनि देशको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताएका छन् ।

    उनले ‘पृथ्वी रहे मात्र हामी रहन्छौँ’ भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि आह्वान गरेका छन् ।

    राष्ट्रपति पौडेलले कार्वन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने भन्दै संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सकारात्मक भूमिका खेल्न आग्रह गरे ।

    यस्तै, बैठक यही मंसिर १४ बाट थाल्ने गरी घोषणा गरिएको मध्यपहाडी केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा केन्द्रित रहेको भनिएको छ ।

    एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिँदै अध्यक्ष केपी ओलीको उपस्थितिमा उक्त अभियान गर्दै छन् ।

    बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानलाई सफल बनाउन नेताहरू परिचालन र आवश्यक योजना तयारीका विषय पनि एजेण्डामा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ