• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बालुवाटार र शीतल निवास क्षेत्रमा पनि निषेधाज्ञा

    879
    SHARES



    काठमाडौं । जिल्ला प्रशासन कार्यालयले माइतीघरपछि राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारीले राष्ट्रपति कार्यालयको पूर्व पवित्र वर्कशपसम्म, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधको आदेश जारी गरेको हो ।

    यस्तै बालुवाटारमा पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोक र सभामुखदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म पाँच जनाभन्दा बढी भेला हुने नदिने आदेश जारी भएको हो ।

    मंसिर ५ गतेबाट लागू हुनेगरी आगामी ३० दिनसम्मका लागि यी स्थानमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ