• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कोठाभित्र मृत फेला परेका दाजुभाइको शव राप्ती प्रादेशिक अस्पतालमा

    1.5K
    SHARES



    काठमाडौँ। दाङको तुलसीपुरमा एक घरभित्र मृत फेला परेका दाजुभाइको शव निकालेर अस्पताल लगिएको छ ।

    मंगलबार बिहान नौ बजेतिर २ दाजुभाइको शव निकालेर पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ ।

    तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेनाका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका ३० वर्षीय भाइ टेकबहादुर बस्नेत सोमबार बेलुकी भाडामा बस्दै आएको घरभित्र मृत अवस्थामा फेला परेका थिए ।

    पूर्ण परिवारका साइँला र टेकबहादुर कान्छा हुन् । उनीहरू मृत अवस्थामा फेला परेको कोठा भने कान्छा टेकबहादुरको हो ।

    साइँला पूर्णबहादुर दसैं मनाउन भनेर भारतबाट आएका थिए । कान्छा टेकबहादुर पनि भदौमा मात्रै विदेशबाट घर फर्किएका थिए ।

    घरबाट छुट्टै बस्ने हुँदा कान्छा टेकबहादुरको परिवार र छोरा तुलसीपुरको गाइडहरमा विगत एक वर्षदेखि कोठा भाडामा बस्दै आएको खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

    टेकबहादुरकी श्रीमती तिहार मान्न भनेर रोल्पास्थित माइतीमा गएको र उनले आफू नआउँदासम्म ढोका नखोल्नु तथा शव नउठाउनु भन्ने आग्रह गरेको हुँदा उनी आएपछि मात्रै मंगलबार बिहान ढोका खोलेर दुई दाजुभाइका शवहरू निकालेर अस्पताल लगिएको प्रहरी निरीक्षक मल्लले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया