• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    झन्डा मेलामा झडप, दुई जना घाइते

    1.4K
    SHARES



    काठमाडौँ । बाराको पचरौता नगरपालिका-७ स्थित बेनौलीमा झडप हुँदा दुई जना घाइते भए ।

    गए राति महाबिरी झन्डा राख्ने विषयमा एउटै गाउँका दुई समूहबिच झडप भएको हो ।

    झडपमा परेर पचरौता-७ बस्ने ४० वर्षीय लक्ष्मी पटेल र ४२ वर्षीय चण्डीका पटेल घाइते भएका हुन् ।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायर गरेको थियो । झन्डा मेलालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नबारे प्रहरीले सोमबार बिहानदेखि छलफल गराए पनि साँझ झडप भएको थियो ।

    साँझ एउटा समूले अर्को समूहलाई आक्रमण गर्दा तनाव सिर्जना भएको तर, अहिले गत वर्ष झन्डा लाने समूह र समूहको बिचमा आफूले झन्डा लान पाउनुपर्ने बारेमा विवाद भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया