• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हिमालय एयरलाइन्स गन्तव्य विस्तारमा, डिसेम्बरबाट सातामा काठमाडौं-सांघाइ दुई उडान

    1.5K
    SHARES



    काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको सांघाइका लागि नियमित उडान गर्ने भएको छ ।

    नेपाल-चीन हवाई सेवा विस्तार योजना अन्तर्गतको यो उडान डिसेम्बर २ बाट सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

    उक्त गन्तव्यमा साताको शनिबार र बुधबार उडान गर्ने भएको छ। यसअघि चिङताओ र बेइजिङमा कम्पनीको नियमित उडान छ। कम्पनीका लागि सांघाइ चीनतर्फको तेस्रो उडान गन्तव्य हो ।

    नेपाल-चीन सँगै विभिन्न अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यमा विस्तार गर्दै आएको उडानमार्फत दुईतर्फी पर्यटनसँगै व्यापार व्यवसाय प्रवर्धन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

    सन् २०१४ मा स्थापना भएको उक्त वायुसेवा कम्पनीमा चीनको तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी र नेपालको यती वर्ल्ड इन्भेष्टमेन्टको संयुक्त लगानी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ