• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आजको मौसम- पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सफा रहने

    0.9K
    SHARES



    काठमाण्डाै। बङ्गालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘मिडहिली’ कमजोर बन्दै गएको छ ।

    यो चक्रवातले कोशी प्रदेशमा आंशिक प्रभाव पारेको तर आज बिहानदेखि चक्रवात कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका १-२ ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । आज देशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिमलगायत आसपासका क्षेत्रमा मौसम सामान्य र चिसो बढ्नेक्रममा छ ।

    ती क्षेत्रमा यसै हप्ता ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए। तर तापक्रम एकदेखि १.५ डिग्री सेल्सियसले घट्न सक्ने अनुमान छ । अरु बाँकी क्षेत्रमा मौसम सफा नै रहेको छ ।

    काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस रहेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ