• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ल्यापटप चोरी गरेको आरोपमा प्रहरीका असई पक्राउ

    3.3K
    SHARES



    काठमाडौं । ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एक जना सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन् ।

    धनगढी उपमहानगरपालिका-३ चटकपुरमा अवस्थित स्वस्तिक अस्पतालबाट एउटा ल्यापटप चोरी गरेको आरोपमा असई रमेश भण्डारी पक्राउ परेका हुन् ।

    आरोपित भण्डारीले गत कात्तिक २६ गते राति पौने १२ बजेतिर अस्पतालको रिसेप्सनबाट ल्यापटप चोरी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवमं प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए ।

    “अस्पतालले ल्यापटप चोरी भएको उजुरी दिएपछि सीसीटीभी फुटेज हेर्दै जाँद चोरी गर्ने असई भण्डारी भएको पत्ता लाग्यो त्यसपछि सशस्त्र प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो । हाल चोरी मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।”

    दार्चुलाको ४३ नम्बर गणमा कार्यरत असई भण्डारी पोखरामा तालिम गरिरहेका थिए । तिहारको बिदामा धनगढीस्थित आफ्नो कोठामा जाने क्रममा उनले ल्यापटप चोरी गरेको डीएसपी चन्दले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ