• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिपालमा बस्दै आएका ४ जना भूकम्पपिडितको ज्यान गयो

    3.3K
    SHARES



    पश्चिम रूकुमको आठबिसकोट नगरपालिका क्षेत्रका भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको पालबाट रात बिताउने ठाउँ बनाउँदै स्थानीय । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

    काठमाडौँ। जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको ज्यान गएको छ ।

    गएको कात्तिक १७ गतेको भूकम्पपछि २ हप्तामा ३ जना वृद्ध र एक महिलाको ज्यान गएको हो ।

    स्थनिएका अनुसार घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मङ्गलवार र बारेकोट गाउँपालिका-४ जिरीका नरेन्द्रबहादुर सिंहको अस्ति बुधवार ज्यान गएको हो ।

    कार्की र सिंह दमका बिरामी थिए । यसअघि कात्तिक २४ गते शुक्रवार नलगाड नगरपालिका-४ का ८४ वर्षका गोपालबहादुर रावल र ४८ वर्षकी पम्फा रावलको ज्यान गएको थियो । गोपालबहादुर दम र पम्फा निमोनियाबाट पीडित थिए ।

    भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा धेरै परिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

    बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन थालेको छ । ओढ्ने कपडा सबै घरमा पुरिएर काम नलाग्ने भएको र नयाँ किन्न र जोहो गर्न नसकेको बारेकोटका निमबहादुर नेपालीले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ