• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ग्रामीण क्षेत्रको विकासका लागि पहल गर्छु : मन्त्री शर्मा

    1.2K
    SHARES



    काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्रामीण क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताइन् ।

    दाङको पहाडी गाउँपालिका बंगलाचुली गाउँपालिका वडा नं. ३ को बचेनीमा स्थानीयवासीसँग भेटघाटगर्दै मन्त्री शर्माले विकट क्षेत्रका जनतालाई विकासको प्रत्याभुति दिलाउने गरी काम गरिरहेको बताइन् ।

    निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चारलगायतका विकास निर्माणका कामहरु गरिरहेको भन्दै आगामी दिनमा थप काम हुने पनि बताइन ।

    बंगलाचुली आफ्नो निर्वाचन क्षेत्र पनि भएको र निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका विकासका पूर्वाधारहरुमा आफुले ध्यान दिइरहेको पनि उनको भनाइ छ ।

    आफुले चुनाव जितेपछि आफ्नो क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताउंदै आगामी दिनहरुमा पनि विकास निर्माणका कामहरु हुने जानकारी गराएकी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ