• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    देशभरको तापक्रम क्रमिक रूपमा घट्दै, हिमाली भेगमा हिमपात सुरु

    2.1K
    SHARES



    काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    पश्चिमी वायुको आंशिक प्रभाव कै कारण देशभरको तापक्रम क्रमिक रूपमा घटेको हो । विभागले उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको छ ।

    विभागका अनुसार आज बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

    दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

    विभागका अनुसार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महासाखाले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ