• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज विश्व मधुमेह दिवस, नेपालमा पनि मनाइदै

    0.9K
    SHARES



    काठमाण्डाै । आज विश्व मधुमेह दिवस । नेपालमा पनि ‘मधुमेह हेरचाहमा पहुँच’ भन्ने नारासहित विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

    मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिनको अवसरमा सन् १९२२ देखि यो दिवस मनाउन थालिएको हो ।

    सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रूपमा मान्यता दिएको हो ।

    मधुमेह एक नसर्ने रोग हो । सामान्यतया यस रोगलाई चिनीरोग भनेर पनि चिनिन्छ । पछिल्लो समय विश्वमा नै नसर्ने रोग मृत्युको प्रमुख कारणको रूपमा देखा पर्न थालेका छन् ।

    नेपालमा पनि अस्वस्थ खाना र जीवनशैली, सहरीकरण तथा आर्थिक-सामाजिक अवस्था परिवर्तनका कारण गैरसङ्क्रामक रोगहरू देखा परिरहेका डाक्टरहरु बताउञ्छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ