• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाली जात्राहरूलाई विश्वस्तरमा चिनाउनुपर्छ : पर्यटनमन्त्री किराती

    1K
    SHARES



    काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली जात्राहरूलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताए ।

    आज मङ्गलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा मन्त्री किरातीले नेपालमा हुने जात्राहरूलाई महोत्सवको रूपमा सञ्चलन गरी विश्वबाट पर्यटक तान्नुपर्ने बताएका हुन् ।

    मन्त्रि किरातीले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्ने बताए ।

    उनले भने, ‘नेपालमा हजारौँ जात्रा हुन्छन्, ती जात्राहरूलाई हामीले विश्वस्तरमा पुर्‍याउन सक्नुपर्छ । हामीले त्यस्ता जात्रालाई महोत्सवका रूपमा सञ्चालन गर्नुपर्छ । नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्छ ।’

    मन्त्री किरातीले आफू राम्रो बनेर अरूलाई खोट लगाउने संस्कृति विकसित हुँदै गएकोमा दुःख पनि व्यक्त गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ