• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गरौँ : मेयर साह

    878
    SHARES



    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न आग्रह गरेका छन् ।

    मङ्गलवार काठमाडौँमा नेपाल संवत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौँ महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताएका छन् ।

    उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न सरकारले मुख्य भूमिका निभाउनुपर्ने बताएका छन् । उनले आगामी वर्षसम्म राष्ट्रिय रूपमा नै प्रयोग हुने विश्वास रहेको बताए ।

    उनले भने, ‘नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौँ महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरूमा समावेश गर्दै आएको छ । प्रधानमन्त्रीज्यू पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रूपमा मनाउन आग्रह छ । अर्को पटक आउँदा राष्ट्रिय रूपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ