• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    देउसीभैलो खेल्न आउनेलाई ५ सय १ रुपैयाँभन्दा धेरै दक्षिणा दिए कारबाही हुने

    3.5K
    SHARES



    रुपन्देही । रुपन्देहीमा देउसीभैलो खेल्न आउनेलाई ५ सय १ रुपैयाँभन्दा धेरै दक्षिणा नदिन रुपन्देही प्रशासनले आग्रह गरेको छ ।

    तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ ।

    देउसीभैलो राती १० बजेसम्म मात्रै खेल्न पाइने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार तिहारलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउनका लागि प्रशासनले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने निर्णय गरेको हो ।

    त्यस्तै तिहारका बेला हुने प्लास्टिकका फूलमालाको उत्पादन, आयात तथा बिक्री वितरणमा पनि रोक लगाएको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ