• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    उमेर विवादमा मुछिएका उपरथी पाण्डेले दिए राजीनामा

    2.2K
    SHARES



    काठमाडौँ । उमेर विवादमा मुछिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । नेपाली सेनाको जङ्गी अड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि बढाउदै रथीमा बढुवा सिफारिस भएका पाण्डेको उमेरबारे विवाद आएको थियो ।

    विवादमा तानिएपछि पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएको सेनाको उच्च स्रोतले रातोपाटीलाई बतायो । यसअघि पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो ।

    पाण्डेका दुईवटा अलग अलग नम्बरका नागरिकता समेत रहेको बताइएको छ । साथै एसएलसीको प्रमाणपत्रमा केरमेट गरेको पाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ