• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भूकम्पले दुइ जिल्लाका २६ हजार ३ सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त

    1.2K
    SHARES



    काठमाडौँ । गत कत्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा रुकुमपश्चिम र जाजरकोटमा गरी २६ हजार ३७० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

    विपद पूर्वतयारी तथा प्रतिकार्य शाखाले बुधबार बिहान गरेको अपडेटअनुसार जाजरकोटमा पूर्ण क्षति भएका घर ९ हजार ७९४ रहेका छन् भने आंशिक क्षति भएका घरहरु २४ हजार ७०७ वटा रहेका छन् ।

    त्यस्तै रुकुम पश्चिममा पूर्ण क्षति भएका घर बढी छन् । यो जिल्लामा १६ हजार ५७० वटा घरमा पूर्ण क्षति हुँदा आंशिक क्षति भएका घर ९ हजार ९६१ वटा रहेका छन् ।

    त्यस्तै सल्यानमा १५१ वटा, रोल्पामा २५ र दैलेखमा एक घर पुर्ण क्षतिग्रस्त भएका छन् । वैतडी र कालिकोटमा एकएक र जुम्लाका ५ घर पनि पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

    शाखाका अनुसार सबै जिल्लामा पूर्ण क्षति भएका घर २६ हजार ५५७ र आशिंक क्षति भएका घरहरुमा ३५ हजार ४५५ वटा रहेका छन् । उक्त भूकम्पमा परी जजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ