• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोखराको लेकसाइड २४ घण्टै खोल्न दिन अदालतको आदेश

    1.7K
    SHARES



    पोखरा । उच्च अदालत पोखराले बुधबार लेकसाइड चौबिसै घण्टा खुला राख्न दिन आन्तरिम आदेश गरेको छ । कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको हो ।

    गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा ठमेल, दरवारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने बताइएको थियो । तर, त्यो कार्यान्वयन नभएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर मंगलबार देवीकुमारी बरालले रिट हालेकी थिइन् ।

    निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए । उनीहरुको बहस सुनेपछि उच्च अदालत पोखराले १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि जिल्ला प्रशासन कार्यालय लगायतका विपक्षीलाई आदेश दिएको छ ।

    पोखरा लेकसाइड चौबिसै घण्टा खोल्ने विषयमा के कसो भएको हो ? निवेदकको माग अनुसारको आदेश किन जारी हुनु नपर्ने हो ? निवेदकको निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाण सहित म्याद सूचना तामेल भएको मितिले १५ दिनभित्र लिखित जवाफ पेश गर्न अदालतले आदेश दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ