• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भूकम्प पीडितलाई नेपाल उद्योग व्यापार महासंघको पाँच लाख ५५ हजार सहयोग

    2.9K
    SHARES



    काठमाडौँ । नेपाल उद्योग व्यापार महासंघले भूकम्प पीडितलाई सहयोग गर्न सबै समितिलाई आह्वान गरेको छ । महासंघका अध्यक्ष खिमलाल भण्डारीले सोमबार विज्ञप्ति जारी गरेर भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष भण्डारीले केन्द्रीय समितिले भूकम्प पीडितको लागि आर्थिक सहयोगको पहल सुरु गरेको बताउँदै सबै समितिलाई राहत तथा पुनस्र्थापनामा सक्दो सहयोग गर्न आह्वान गरेका छन् ।

    “भूकम्प प्रभावित जनताहरुको आर्थिक सहयोग स्वरुप नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय कार्यालयको तर्फबाट पहल गरिसकिएको छ, भुकम्प प्रभावितहरुका लागि हामि हाम्रा केन्द्रीय कार्य समिति परिवार, प्रदेश, जिल्ला, नगर, संस्थापक तथा आवद्ध संघसंस्थाहरुलाई आ–आफ्नो तर्फबाट राहत संकलन तथा उद्दार कार्यमा लाग्न समेत आह्वान गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

    भूकम्प पिडितहरुको उद्दार कार्य, उपचार, राहत वितरण तथा व्यवस्थापनमा सरकारले शिघ्र पहल गरेकाप्रति धन्यवाद दिँदै विज्ञप्तिमा भनिएको छ, “भूकम्प पीडितहरुको उद्दार कार्य, उपचार, राहत वितरण तथा व्यवस्थापनमा भएको शिघ्रताप्रति नेपाल सरकार, सेना, प्रहरी, स्वास्थ्यकर्मी, राजनैतिक दलहरु, संचारकर्मी, विभिन्न संघसंस्थालगायत सरोकारवाला सवै निकायहरुमा नेपाल उद्योग व्यापार महासंघको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।”
    महासंघले केन्द्रीय समितिको तर्फबाट पीडितको सहयोगको लागि प्रधानमन्त्री राहत कोषमा ५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ