• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गुल्मीमा १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या, मदरसाका एक शिक्षक पक्राउ

    3.6K
    SHARES



    रुपन्देही । गुल्मीको शान्तिपुरमा १५ वर्षीया बालिका मनिषा रुचालको बलात्कारपछि हत्या गरेको खुलेको छ । घटनामा संलग्न आरोपमा मदरसाका एक शिक्षक पक्राउ परेका छन् ।

    मृतककी आमा धनमाया सार्कीको किटानी जाहेरीमा बाँके जिल्लाको खजुरा गाउँपालिका-७ का २३ वर्षीय रहिस खाँ पक्राउ परेका हुन् । उनी पाँच महिनादेखि शान्तिपुरमा बस्दै आएका थिए । सो क्षेत्रमा रहेका करिब २ सय मुस्लिम परिवारका विद्यार्थीलाई पढाउन खोलिएको मदरसा गुल्सने मदिनामा रहिसलाई त्यहाँ लगिएको थियो ।

    मनिषा कात्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिकाؘ–४ शान्तिपुरस्थित हुग्दीखोलामा नग्न अवस्थामा मृत फेला परेकी थिइन् । गुल्मी प्रहरीले उनलाई पक्राउ गरी अदालत पेश गर्दै पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका रहिसबिरुद्ध अदालतमा मनिषाको ज्यान सम्वन्धि कसुर र करणी बिरुद्धको मुद्धामा पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले जनाएका छन् ।

    खेतलाहरुलाई सूर्ति किन्न पारी श्रीलंकाटोलकी शान्ति थापाको पसलमा गएर फर्किएकी मनिषालाई खाँले फकाएर बोलाउँदै भित्र लगेर कुकर्म गर्न लाग्दा उनले प्रतिवाद गर्ने क्रममा उनको हत्या गरिएको प्रहरीको प्रारिम्भक निष्कर्ष छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी डिल्लीनरायण पाण्डेले घटनाको विषयमा प्रहरी नजिक पुगिरहेको र केही विषयका प्रमाणहरु जुटाउँदै गएको बताउँदै घटनाका मुख्य दोषी पक्राउ परेको जनाए ।

    स्थानीयले घटनालगत्तै अपराधीलाई कडा कारबाहीको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् । अपराधीको कुनै धर्म जात नहुने भन्दै उनीहरुले जुनसुकै धर्मसमुदायको भएपनि अपराधीलाई कडा कारबाही माग गर्दै अपराधलाई जोगाउनेगरी नलाग्न आग्रह गर्दै आएका छन् । शान्तिपुरमा रहेका मुस्लिम अगुवाहरुले पनि अपराध प्रमाणित भए कोहीकसैलाई जोगाउन नहुने विषयमा सार्वजनिक प्रतिवद्धता गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ