• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कर्णालीका सभामुख र उपसभामुख चढेको गाडी बागलुङमा दुर्घटना

    2.4K
    SHARES



    काठमाडौं । कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको सवारी बागलुङमा दुर्घटना भएको छ । कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङ र उपसभामुख यसोधा न्यौपाने चढेको गाडी बागलुङमा दुर्घटना परेको हो ।

    दुर्घटनामा परेर बागलुङमा मोटरसाइकल चालक घाइते भएका छन् । घाइते चालकको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

    सभामुख र उपसभामुख सवार स्कर्पियो मध्यपहाडी लोकमार्ग हुँदै कर्णाली प्रदेशतर्फ गइरहेको थियो । सोही क्रममा ढोरपाटन नगरपालिकामा विपरीत दिशाबाट आइरहेको मोटरसाइकल आपसमा ठोकिएको हो ।

    सभामुख र उपसभामुख सवार कर्णाली प्रदेश २-००-१ झ ००९३ नम्बरको स्कर्पियोसँग ग११प ८१५७ नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ