• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको संख्या २२ पुग्यो

    6K
    SHARES



    काठमाडौँ । शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको संख्या २२ पुगेको छ । आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीका अनुसार नगरपालिकाको वडा नं ११ मा ६ जना, वडा नं १३ मा ३ जना, वडा नं १४ मा ९ जना र वडा नं १२ मा ४ जना गरी २२ जनाको मृत्यु भएको छ।

    भूकम्पमा परि घाइते भएकाहरुको उद्दार गरि अस्पताल लैजाने क्रम जारी रहेको छ । प्रहरीका अनुसार रुकुम पश्चिममा ठुलो मात्रामा घरहरूमा क्षति भएको छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

    यस्तै उता जाजरकोटमा हालसम्म १० जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय जाजरकाेटका अनुसार भेरी नगरपालिकामा दुई जना, नलगाढ नगरपालिकामा ४ जना, कुशी गाउँपालिकामा ४ जना गरि १० जनाको मृत्यु भएको स्थानीयले कार्यालयमा जानकारी गराएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ