• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    इंग्ल्याण्डविरुद्ध भारतले बनायो २२९ रन

    2.5K
    SHARES



    काठमाडौं । विश्वकप क्रिकेटमा भारतले इंग्ल्याण्डविरुद्ध २२९ रन बनाएको छ । लखनउमा पहिला ब्याटिङ गरेको भारतले ५० ‌ओभरमा ९ विकेट गुमाउँदै २२९ रन बनाएको हो ।

    जारी विश्वकपमा अपराजित रहेको भारतले पहिलो पल्ट पहिला ब्याटिङ गरेको हो र यो उसको सबैभन्दा कमजोर ब्याटिङ प्रदर्शन हो । यसअघिका पाँचै खेलमा दोस्रो ब्याटिङ गरेर भारतले लक्ष्य भेट्टाएको थियो ।

    इंग्ल्याण्डविरुद्धको खेलमा टिमको स्कोर २६ रन हुँदा ओपनर शुभमन गिल व्यक्तिगत ९ रनमा आउट भए पनि अर्का ओपनर रोहित शर्माले भारतको पाली सम्हालेका थिए । उनले ८७ रन बनाए ।

    रोहितले चौथो विकेटका लागि केएल राहुलसँग ९१ र पाँचौँ विकेटका लागि सूर्यकुमार यादवसँग ३३ रनको साझेदारी गरे । केएल राहुलले ३९ रन बनाए भने सूर्यकुमार यादव अर्धशतक पूरा गर्नबाट १ रनले चुके ।

    यादवले आठौं विकटका लागि जसप्रित बुमराहसँग ३० रनको साझेदारी गरे । इंग्ल्याण्डका डेबिड विल्लीले ३ तथा क्रिश वेक्स र अदिल रसिदले समान २ विकेट लिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ