• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगे, अहिले विभिन्न दलका नेतालाई भेट्दै

    1.9K
    SHARES



    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन्  । नेपाल आइपुग्न बितिकै उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेर बहादुर देउवालगायतका नेताहरुसँग शिष्टाचार भेट गरेका छन् ।

    उनले आइतबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपतिलाई भेटेका छन् । राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका छन् ।

    नेपालको विकास साझेदारको रूपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्वमा राखेको बताउँदै पौडेलले संयुक्त राष्ट्रसंघ तथा यसअन्तर्गतका विशिष्टकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक आर्थिक विकास लक्ष्य प्राप्तिमा पुर्‍याएको सहयोग र योगदानको प्रशंसा गरे ।

    यसअघि महासचिव गुटेरेसले कांग्रेस उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गरेका थिए । चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेस सोमबार र मंगबार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने र मंगलबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ