• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नारायणगढ–काठमाडौँ सडकमा कात्तिक ८ गतेसम्म मालवाहक गाडी चलाउन नपाइने

    2.2K
    SHARES



    काठमाडौँ । आजदेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकमा ट्रक, ट्रेलर लगायतका ठूला मालवाहक गाडी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले दशैँको बेला यो रुटमा बढ्ने गाडीको चापलाई मध्यनजर गर्दै ठूला गाडी चलाउन रोक लगाएको हो ।

    विभागका अनुसार आजदेखि कात्तिक ८ गतेसम्म यो सडकमा ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन पाइने छैन । खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने गाडीलाई भने नरोकिने विभागले जनाएको छ । दशैँमा काठमाडौँबाट बाहिर जाने यात्रुलाई सहज होस् भनेर यस्तो निर्णय गरिएको हो ।

    ठूला गाडीले बाटो जाम बनाउने भएकाले दशैँका यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुने भन्दै यस्ता गाडीलाई रोक लगाइएको विभागको भनाइ छ । यो सडक खण्डमा अरू बेला पनि हरेक दिन जसो जाम हुने गर्छ । विभागका अनुसार ठूला मालवाहक गाडीलाई कात्तिक ८ गतेसम्म नारायणगढमै रोकिनेछ ।

    यसअघि यातायात व्यवस्था विभागले अस्ति शुक्रवारदेखि सार्वजनिक सार्वजनिक गाडीलाई रुट परमिट खुला गरेको छ । रुट परमिट आउँदाे कात्तिक १० गतेसम्म खुला रहने छ । रुट परमिट खुला भएसँगै सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने छन् ।

    त्यस्तै, असोज २२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । प्रत्येक वर्ष काठमाडौँबाट दशैँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति उपत्यकाबाट बाहिरिने गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया