• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    महतो र केसीले राष्ट्रपति र प्रधानमन्त्रीलाई एनआरएनएबारे गलत सूचना दिए, प्रधानमन्त्रीलाई कार्यक्रममा नजान आग्रह

    1.7K
    SHARES



    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले राष्ट्रपति र प्रधानमन्त्रीलाई नै गलत सूचना दिएको भेटिएको छ । संघको विवादबारे महत्तो र वर्तमान अध्यक्ष बद्री केसीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डलाई गलत सूचना दिएका हुन् ।

    महत्तो र केसीको झुटको मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पर्दाफास भएको छ । प्रधानमन्त्री प्रचण्डको रोहबरमा दुबै पक्षबीच एकता गर्ने सहमति भएको थियो । केसीको अध्यक्ष बन्ने महत्वकांक्षा र मनपरीका कारण उक्त कार्यान्वन हुन सकेन । तर, महत्तो र केसीले सहमति कार्यान्वयन भएको र सोहीअनुसार नै ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्न लागेको भन्दै गलत सूचना प्रधानमन्त्री कार्यालयमा पुर्याएका थिए ।

    मंगलबार विहान गैरआवसीय नेपालीलाई नागरिकता वितरण गरिसकेपछि सबै बताउँदै कार्यक्रम समापन हुँदै थियो । कार्यक्रममा सहभागी बिनोद कुँवर पक्षको तर्फबाट दिपेश खत्रीले सहमति कार्यान्वयन नभएको र संघको वैधानिकताबारे सर्वोच्च अदालतमा मुद्धा विचाराधिन अवस्थामा रहेको र उच्च अदालत पाटनले समेत १५ दिनभित्र जवाफ मागेको कुरा उठाए । त्यसपछि प्रधानमन्त्रीले सहमति कार्यान्वयन भएको भनिएको होइन र ? भन्दै प्रश्न गरेका थिए ।

    लगत्तै संस्थापक अध्यक्ष महत्तोले “सबै भइसकेको छ, यो भाईलाई केही जानकारी छैन । सबै मिलिसकेको छ, अब उठौं” भने । त्यसको प्रतिवाद गर्दै खत्रिले केही पकि कुरा नमिलेको बताउँदै प्रधानमन्त्रीलाई महाधिवेशन स्थगित गर्न आफूले दिएको निवेदन प्रधानमन्त्रीलाई बुझाए ।

    “केही कुरा मिलेको छैन । उहाँहरुले तपाईँको उपस्थितिमा भएको सहमति कार्यान्वयन गर्नुभएन । तपाईँ समग्र एनआरएनएको प्रधानमन्त्री हो, यो एउटा गुट हो । प्रधानमन्त्रीज्यू गुटको कार्यक्रममा नजानुहोला” खत्रीले निवेदन बुझाउँदै प्रधानमन्त्रीलाई भने ।

    त्यसपछि प्रधानमन्त्री प्रचण्डले अब कार्यक्रममा जाने नजानेबारे म सोच्छु भनेको खत्रिले जानकारी दिए । संस्थाका जिम्मेवारी व्यक्तिले नै गलत सूचना दिएर राज्य र सरकार प्रमुखलाई नै गुमराहमा राखेको उनले आरोप समेत लगाउँदै खत्रिले सिंगो संस्थाप्रति नै विश्वासको संकट पैदा हुने अवस्था सिर्जना भएको बताए । खत्री संघका ब्राण्ड एम्बेस्टर समेत हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया