• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गैरआवासीय नेपाली नागरिकता वितरण कार्य सुरु, कुल आचार्य बने नागरिकता पाउने पहिलो व्यक्ति

    1.6K
    SHARES



    काठमाडौँ । गैरआवासीय नेपाली नागरिकता वितरण कार्य सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गरे ।

    जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा र जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष बद्रि केसी नागरिकता जारी गरेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए । एनआरएनएसँग सम्बन्धित थुप्रै सवालहरूलाई सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको उनको दाबी थियो ।

    संघको मंगलबारदेखि नै सुरु भएको विश्वसम्मेलनमा गैरआवासीय नागरिकता दिनेसम्बन्धी नागरिकता विधेयक प्रमाणीकरण गरेर गैरआवासीय नागरिकता दिने बाटो खोलिदिएकोमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसा समेत भएको छ ।

    संघका अध्यक्ष कुल आचार्यले संसदबाट दुई दुई पटक पारित भएपनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणित गर्ने काम राष्ट्रपतिले गरेको भन्दै प्रशंसा गरे । सो क्रममा सहभागीहरूले पनि ताली बजाएर राष्ट्रपतिलाई धन्यवाद दिएका थिए ।

    ‘संसदबाटबाट पारित भएको तर अनुमोदन हुन नसकेको विधेयक आफू निर्वाचित हुनासाथ अनुमोदन गरेकोमा राष्ट्रपतिज्यूलाई आभार प्रकट गर्दछु’, आचार्यले भने, ‘मैले र बद्री केसीले गैरआवासीय नागरिकता ग्रहण गरेका छौँ । यो अवसरका लागि सरकारलाई धन्यवाद ।’

    बिना कुनै ढिलाइ अब अरू एनआरएनएले पनि एनआरएनए नागरिकता पाउने विश्वास आफूहरूले लिएको उनको भनाइ छ । उनले वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि प्रयास जारी राख्ने पनि बताए । आचार्यले एनआरएनए नेपालको समृद्धिको सच्चा साझेदार हुन चाहेको पनि दाबी गरे ।

    उनले सरकारले गैरआवासीय नागरिकता प्रदान गरिसकेको उल्लेख गर्दै नेपालमा लगानी गरेर देश निर्माणमा भूमिका खेल्न पनि सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया