• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता सुरु

    1.8K
    SHARES



    काठमाडौं । सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता सुरु गरेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको वार्ता टोलीसंग अहिले आन्दोलनरत पक्षले सिंहदरबार पुगेर वार्ता गरिरहेको छ ।

    वार्ता चलिरहेको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका संयोजक दीपक गौतमले जानकारी दिएका छन् ।

    मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको छ ।

    सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र प्रशासनका उपसचिव खिलराज राईको वार्ता टोली गठन भएको थियो ।

    वार्ताका लागि आन्दोलनरत स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका पदाधिकारी र कर्मचारी ट्रेड युनियनहरुका प्रतिनिधिहरुको  सहभागीता रहेको छ ।

    संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन नभएको भन्दै असोज १५ गतेदेखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीहरुले १९ गतेदेखि पेन डाउन गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ