• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हवाई उडानको रुट नपाउँदा इजरायलबाट उद्धारमा कठिनाई

    2.2K
    SHARES



    काठमाडौँ । हवाई उडानको रुट नपाउँदा इजरायलबाट उद्धारमा ढिलाइ भएको छ । इजरायलमा मृत्यु भएका १० जनाको शव र नेपाली विद्यार्थीको उद्धार गर्ने सरकारले निर्णय थियो ।

    तर, उडान अनुमति नपाउँदा उद्धारमा ढिलाइ भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयका अनुसार हवाई उडानको लागि रुट नपाउँदा समस्या भइरहेको हो ।

    सचिवालय सदस्य दीपककुमार जोशीले इजरायले आन्तरिक प्रक्रियामा रहेकाले उडान अनुमतिमा केही ढिलाइ भएको बताए ।

    ‘रुट नदिएको भन्दा पनि उत्पन्न परिस्थितिका कारण प्रक्रियामा रहेकाले ढिलाइ भइरहेको हो । अनुमति पाउने वितिक्कै हामी तयारी अवस्थामा छौँ । इजरायलबाट अनुमति पाउने वितिक्कै गएर नेपालीहरूको उद्धार गरेर ल्याउँछौँ’ उनले भने ।

    मन्त्री साउदले इजरायलका विदेश मन्त्रीसँग टेलिफोन कुराकानी गरेका गरेका थिए । कुराकानीको क्रममा समेत आफ्ना नागरिकहरूको उद्धारका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए ।

    जवाफमा विदेश मन्त्री एली कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई घर फर्काउने विषयमा इजरायलले उच्चतम सहयोग गर्ने आश्वासन दिएका थिए ।

    युद्ध जारी रहेका कारणले इजरायलले हालसम्म उडान अनुमति दिन सकेको छैन । इजरायलमा उत्पन्न परिस्थितिका कारण समस्या भइरहेको जानकारी इजरायल सरकारले नेपाली दूतावासलाई जानकारी गराएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ