• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कभर स्टोरी समाचार

    इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण सङ्कलन शुरु

    3.1K
    SHARES
    ISRAEL-PALESTINIANS/



    काठमाण्डौ । द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको विवरण सङ्कलन शुरु भएको छ ।

    इजरायलमा रहेको नेपाली दूतावासले अनलाइन रजिस्ट्रेशनमार्फत स्वदेश फर्किन चाहने नेपालीको विवरण सङ्कलन शुरु गरेको जनाएको हो ।

    समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना सङ्कलनको काम शुरु गरिएको दूतावासले जनाएको छ ।

    अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै अनलाइन रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले अनुरोध गरेको छ । https://forms.gle/415GMXE2bZVEoBcR7  बाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छ ।

    इजरायलमा ४ हजार ७ सयभन्दा धेरै नेपालीहरु रहेका सरकारले जनाएको छ । ४ हजार ५ सय नेपाली केयरगिभरको रूपमा कार्यरत छन् ।

    त्यस्तै, २ सय ६५ विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन गरिरहेका छन् । कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल गएको तथ्याँक रहेको छ ।

    सरकारले आक्रमणमा मारिएका १० जना नेपालीको शव ल्याउन आवश्यक पहल भैरहेको पनि जनाएको छ । परराष्ट्र मन्त्रालयले मृतकको शव यथाशक्य छिटो नेपाल ल्याउन एवम् घाइतेहरुको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भैसकेको जनाएको छ ।

    नेपाली दूतावासले आक्रमण भएको क्षेत्रबाट केही नेपाली तेल अभिभ आइपुगेका र उद्धारको पर्खाइमा रहेका बाँकी नेपालीहरुलाई समेत नेपाल सरकार, तालिम प्रदायक केन्द्र, रोजगारदाता र ईजरायलवासी नेपाली समुदायसँगको सहकार्यमा तुलनात्मक रुपमा बढी सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने काम भैरहेको जानकारी गराएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया