• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नयाँ नोट असोज २९ देखि साट्न पाइने

    2.7K
    SHARES



    काठमाडौँ । दसैँ-तिहार तथा छठ विशेष नयाँ सुकिला नोट आगामी २९ गते साट्न पाइने भएको छ ।

    केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने जनाएको हो ।

    उपत्यकाभित्र बैंकको केन्द्रीय कार्यालयसँगै शाखा कार्यालयसहित इजाजत प्राप्त बैंक तथा वित्तीयको सबै कार्यालयहरुबाट नयाँ नोट सटही गर्न सकिने बैंकले जनाएको छ ।

    विगतका वर्षहरुमा जस्तै दसैँ तिहार र छठका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको जनाएको बैंकले प्रतिव्यक्ति १८ हजार ५० रुपैयाँसम्म सटही सुविधा उपलब्ध हुने जनाएको छ ।

    बैंकका अनुसार रु.५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरका १-१ बन्डल उपलब्ध हुनेछ । यस्तो नोट सटहीका लागि उपत्यका बाहिर राष्ट्र बैंकको शाखा तथा क्षेत्रीय कायालयसँगै अन्य बैंक तथा वित्तीय संस्थाहरुले तोकेको केन्द्रहरुमार्फत सटही सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ