• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दाङ बस दुर्घटनामा दुई जनाको मृत्यु

    1.7K
    SHARES



    दाङ । दाङको तुलसीपुरबाट सल्यानको झिम्पेका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ ।

    आज दिउसो ३ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटना हुँदा २ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ज्यान गुमाउनेहरुको पहिचान अझै खुलेको छैन ।

    दुर्घटनामा चालकसहित २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन भने आउन बाँकी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ