• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

    1.4K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।

    शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि चैनपुरमा सो घोषणा गरेका हुन् ।

    पीडित परिवारलाई तत्काल राहतका लागि १५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

    त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने पनि घोषणा गरेका छन् ।

    तीनै तहको सरकारको समन्वयमा क्षति मुल्याङकन गरी कार्यविधि बनाए पुनर्निण गर्ने प्रतिबद्धता जनाएका छन् ।

    सरकारी भवनमा भएको क्षति मुल्याङकन गरी पुननिर्माण गर्ने बताएका छन् ।

    यस्तै, मकवानपुरको थाहा नगरपालिकाले पहिलो पटक नगर प्रहरी भर्ति गरेको छ । राज्य पुनः संरचनापछि नगरपालिका बनेको थाहामा १० जना नगर प्रहरीहरु भर्ति भएका हुन् ।

    बजार व्यवस्थापन, अग्नि नियन्त्रण, छाडा पशुव्यवस्थापन, सरसफाई तथा आपतकालिन उद्दारको काम गर्नको लागि नगर प्रहरी नियुक्त गरेको नगरपालिकाका सूचना अधिकारी सुरज भुजेलले जानकारी दिए ।

    लिखित र मौखिक र शारीरिक परीक्षा पास भएका नगर प्रहरीलाई इलाका प्रहरी कार्यालय पालुङले १० दिने आधारभुत प्रहरी प्रशिक्षण दिएपश्चात नगरपालिकाले पद तथा गोपनियताको सपथ गराएर आजबाट काममा खटाएको भुजेलले बताए । प्रहरीले खाली हात लडाइँ, जनसम्पर्क र सुरक्षाको विषयमा आधारभूत तालिम दिएका थिए ।

    एक सहायक नगर प्रहरी निरीक्षक, दूई हवल्दार र ७ जवान नगर प्रहरीहरुलाई प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ