• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार सुदुरपश्चिम

    बझाङ भूकम्प अपडेट- १३ जना घाइते, ४० वर्षीया धामी बेपत्ता

    2.5K
    SHARES



    काठमाडौँ। मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पहिरो जाँदा एक महिला बेपत्ता भएकी छन् ।

    प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका-११ ओखलीकी ४० वर्षीया गुनमति धामी बेपत्ता भएकी छन् ।

    उनी मंगलबार दिउँसो टिमुर टिप्न जंगल गएकी थिइन् । घर नफर्किएपछि उनको अहिले खोजी भइरहेको छ । उनी गएको ठाउँमा पहिरो गएको छ। उनी पहिरोमा परेर बेपत्ता भएको हुनसक्ने अनुमान भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताए।

    उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    भूकम्पका कारण हालसम्म १३ जना घाइते भएको तथ्यांक छ । यस्तै सदरमुकाम र विभिन्न स्थानीय तहका दर्जनौं घरहरूमा क्षति पुगेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया